एमएसआई केन्द्र अवलोकन गरिन नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमले

काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको अवलोकन गरे ।
अवलोकनमा एमएसआई नेपालका वरिष्ठ सल्लाहकार डा केपी उपाध्याय र कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा एमएसआईले यौन तथा प्रजनन स्वास्थ्य सेवा र अधिकारको पैरवी क्षेत्रमा गरिराखेका सेवा तथा कामका बारेमा जानकारी दिएका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा नर्वे सरकारले लामो समयदेखि एमएसआईलाई आर्थिक सहयोग गर्दै आएको छ । यसैको फलस्वरुप सो क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ । नेपालमा भएको परिवर्तन तथा प्राप्त उपलब्धिलाई दीगो बनाउन आवश्यकपर्ने सहयोगको महत्वबारे नर्वेको उच्च प्रतिनिधिमण्डललाई एमएसआईको तर्फबाट सो द्विपक्षीय भेटमा जानकारी गराइएको थियो ।
नर्वे सरकारको विकास सहायतासम्बन्धी निकाय ९नोराड० ले सन् २०१४ देखि नेपालका दुर्गम भेगमा महिलालाई गर्भनिरोधक उपायसम्बन्धी सेवा र औषधिद्वारा गरिने गर्भपतन (मेडिकल एर्बोसन) सुविधा प्रदान गर्न एमएसआईलाई आर्थिक अनुदान उपलब्ध गराइरहेको छ ।
समुदायमा परिचालन भएका मिडवाइफ (एमएसआई लेडिज)ले कतिपय अवस्थामा प्रजननसम्बन्धी सेवाको पहुँच नभएका महिलालाई सेवा दिनका लागि छदेखि आठ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था विद्यमान छ । यही अवस्थालाई ध्यान दिएर एमएसआईले समुदाय तहमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
भ्रमणका क्रममा नर्वेका प्रतिनिधिमण्डलले एमएसआईका सदस्य र संस्थाको सहयोग पाइरहेका किशोरीसँग प्रत्यक्ष भेटेर प्रजनन स्वास्थ्य र छनोटको पहुँचपछि उनीहरुको जीवनमा भएको परिवर्तनबारे जानकारी लिएको थियो ।
सो अवसरमा नर्वे सरकारको सहायताप्रति आभार प्रकट गर्दै एमएसआई सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक निरौलाले भने, ‘महिला र किशोरीका लागि शिक्षा, शारीरिक स्वायत्तता (आफ्नो शरीरबारे निर्णय लिने अधिकार) तथा जीवनलाई अघि बढाउने मार्ग तय गर्नेलगायत अधिकार प्राप्त गर्न प्रजनन छनोट आधारभूत विषय हो । यसैले नर्वेको सहायतापछि नेपालको महिला र किशोरीको स्वास्थ्य, जीवन र भविष्यका लागि भएका परिवर्तन र यसमा परेको प्रभावबारे जानकारी गराउन पाउँदा हर्षित छौँ ।’
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमले भने, ‘एमएसआई नेपालले निरन्तररुपमा नेपालमा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्नका लागि प्रभावकारी र महत्वपूर्ण योगदान गरिरहेको छ । यसरी दुर्गम भेगमा विपन्न र पिछडिएका समुदायलाई नौलो तरिका अपनाएर सहयोग गर्दै यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा एमएसआईले गरेको योगदानप्रति म आभार एवं धन्यवाद प्रदान गर्न चाहन्छु ।’









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया