कामरिताले २८ औं पटक सगरमाथा आरोहण गरी कायम गरे कीर्तिमान

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पाले २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंगलबार बिहान २८ औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।
यो सँगै उनले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् ।
उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
वसन्तकालीन सिजनमा उनी सगरमाथा चुचुरोमा दोस्रो पटक पुगेका हुन । गत बुधबार २७ औं पटक सगरमाथा चुचुरोमा पुगेका उनको २७ औं रकर्ड बराबरीमा सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाको कायम भएपछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।
सेभेन समिटका अधिकृत थानेश्वर गुरागाईंका अनुसार, कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी शुक्रबारसम्म काठमाडौं फर्किने भनिएको छ ।
















नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया