पार्ले एग्रोद्वारा नयाँ कार्बोनेटेड ‘पेय पदार्थ’ बि फिज बजारमा

काठमाडौँ । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा प्रस्तुत गरेको छ ।
स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो । जुन सबै उमेर समूहका उपभोक्ताको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ ।
बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पी फिज प्रस्तुत गरेको थियो । अब कम्पनीले बि फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने विश्वास लिएको छ ।
यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको छ । पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भने, ‘पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ। हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं ।’
पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दै छ ।
साउथ एशियन बेभरेज प्रा.लि.का प्रबन्ध निर्देशक आशिष अग्रवाल भने, ‘पार्ले एग्रोको नयाँ उत्पादन बि फिजको वितरण गर्नका लागि हामी तयार छौं, उत्सुक छौं र उत्तिकै उर्जाका साथ लागिपरेका छौँ । ।’
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया