सोमबार, चैत २३, २०८२

श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम विक्रीमा, ३८ करोडमा सर्कान सकिने

मेरोन्यूज २०८० असार १ गते ९:१७

काठमाडौं । रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ । 
नेपाल बैंकले सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो । 

कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । उद्योग बन्द भएको  तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । 

कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५÷७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो ।

बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ ।

इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया