लुम्बिनी प्रदेशमा ४० अर्ब ४८ करोडको बजेट विनियोजन
मेरोन्यूज
२०८० असार १ गते १७:१३

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४८ करोडको बजेट सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट सार्वजनिक गरेका हुन् ।
कूल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार छ भने स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत तीन अर्ब ५८ करोड ९७ लाख विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक रावश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य लिइएको छ । यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ ।
स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने दुई अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
पूर्णपाठ
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया