सुनको मूल्य घट्याे, कतिमा हुँदैछ खरिद-बिक्री ?
मेरोन्यूज
२०८० असार १८ गते ११:०९

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख नौ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
सम्बन्धित
















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया