घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने सोमबारअन्तिम दिन हो । लगानीकर्ताले साेमबार कार्यालय समयभित्र यस आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले २२ असारदेखि स्थगित आईपीओ पुनः बिक्रीमा ल्याएको हो ।
यस कम्पनीले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्कासन गरेको हो । जसअनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणका लागि बिक्रीमा ल्याएको छ । यसअघि कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो ।
कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो । कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो ।
तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया