आज पहिलो दिन कुथेली बुखरी स्मलको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज मंगलबार देखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०५ बजेसम्ममा २ लाख ५९ हजार ४८३ आवेदकबाट २८ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको २८ लाख ३० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता शेयरको २७.९७ गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।
अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते बैंकिङ समयपछि हुनेछ। ढिलोमा भने साउन ९ गते बन्द हुने भनिएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
















Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया