शुक्रबार, चैत २७, २०८२

आजको फलफूल तथा तरकारी मूल्य : मालदह आँप १५५ रूपैँया पुग्याे

मेरोन्यूज २०८० असार ३१ गते ११:०३

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (आइतबार) ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, भटमासकोशा, माछे खुर्सानी, कलकत्ते आँप, चुकुन्दर, न्यूरो, भिण्डी, लौका, र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ , टनेल गोलभेडा र रातो मूला ४५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, लोकल गाजर, स्थानीय ज्यापु काउली, मकै बोडी, लोकल काक्रो र ब्रोकाउली ८५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो, तने बोडी, घिरौला, झिगूनी, घिउ सिमी, पिंडालू, रातो बन्दा, रुख कटहर, भेडे खुर्सानी र हरियो लसुन प्रतिकेजी ६५ रुपैयाँ पर्नेछ । 

यसैगरी, राजमा घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, टाटे सिमी र रायोको साग ९५ रुपैयाँ, हरियो फर्सी, तोरीको साग र जिरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, तामा १२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, कागती १३३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, अकबरे खुर्सानी ४५० रुपैयाँ, किवि ८५० रुपैयाँ, अदुवा २५० रुपैयाँ र आभोकाडो ५५० रुपैयाँ  पर्नेछ । 

प्रतिक्रिया