शुक्रबार, चैत २७, २०८२

आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने

मेरोन्यूज २०८० साउन २ गते ७:५८

काठमाडौं । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्बसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया