शुक्रबार, चैत २७, २०८२

आजको तरकारी मूल्य : काउली ७० रुपैयाँ किलाे

मेरोन्यूज २०८० साउन २ गते ९:२७

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८०, टनेल गोलभेडा सानो ६०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ४०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ, गाजर १००, बन्दा लोकल १०,  मूला रातो ४०, भन्टा लाम्चो ७०, मकै बोडी ६०, टाटे सिमी १३०, ब्रोकाउली ८०, कागती ११० रुपैयाँ, भिण्डी ७०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया २००, छ्यापी सुकेको १४०, खु्र्सानी सुकेको ४५०, लसुन १७०, चाइनिज लसुन २५०, रुख कटहर ४०, भेडे खुर्सानी ६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया