शुक्रबार, चैत २७, २०८२

सुनको भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८० साउन ५ गते ११:४१

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो। 

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया