शुक्रबार, चैत २७, २०८२

११ महिनामा वाणिज्य बैंकले कमाए ६७ अर्ब २३ करोड

मेरोन्यूज २०८० साउन ९ गते ११:५८

काठमाडौं ।  गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ । 

प्रतिक्रिया