एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्विरोध

साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा रविना अर्यालको अध्यक्षतामा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । योसँगै साउदीमा अर्याल पहिलो महिला अध्यक्ष बनेकी छन् ।
एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्षलगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी आईसिसि सदस्यहरुमा राम बहादुर क्षेत्री, दिपक रेग्मी र विशाल कुमार श्रेष्ठ निर्विरोध भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई , उपाध्यक्षमा राज कुमार गिरी, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी निर्वाचित भएका छन् भने महासचिवमा शुक्र तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना, अमृत बहादुर तामाङ , धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले विजयी भएको निर्वाचन समितिले जानकारी गराएको छ ।
साउदी अरबको ९ औ महाधिवेशन शुक्रबार सम्पन्न भएको हो ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया