जनमत पार्टीले ‘मिसन ८४’ अभियान चलाउने

काठमाडौँ । जनमत पार्टीले २०८४ को निर्वाचन लक्षित ‘मिसन ८४’ अभियान चलाउने भएको छ । अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी अभियान चलाउने निर्णय बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले गरेको हो ।
पार्टी उपाध्यक्ष अब्दुल खानले भने, २०८४ मा डा. सीके राउतलाई नै प्रधानमन्त्रीको रूपमा अघि बढाएर चुनावमा होमिने निर्णय भएको छ ।’
बैठकले २०८४ को निर्वाचनलाई कसरी सफल बनाउने र विजयी हासिल गर्ने भन्ने एजेन्डामा छलफल भएको खानले बताए । ‘मिसन ८४’ भनेर ग्रासरुटसम्म पुग्ने संगठन सुदृढीकरण र विस्तार गर्ने निर्णय भएको उनले बताए ।
जनमतले २०८४ मा तीनवटै तहका निर्वाचनका लागि उमेदवार खडा गराउने तयारी थाल्ने भएको छ । ‘वडास्तरदेखि केन्द्रसम्म चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने निर्णय भएको छ,’ खानले भने ।
बैठकले पार्टीको केन्द्रीय कार्यालयदेखि सबै जिल्लाको पार्टी कार्यालय व्यवस्थित गरेर वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने पनि निर्णय पनि गरेको छ ।
बैठकले राजनीतिक रूपमा संघीयताको सबलीकरण र पूर्णरूपमा अधिकार सम्पन्न बनाउन एजेन्डा नै पारित गरेको छ ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया