रास्वपाको पदाधिकारी र केन्द्रीय विभागमा सदस्य बन्न अब स्नातकोत्तर पास हुन पर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन स्नाकोत्तर पास गरेको हुनु पर्ने मापदण्ड तय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्य बन्न स्नातकोत्तर पास गरेको हुन पर्ने योग्यता निर्धारण गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
यो योग्यता प्रदेश विभागको प्रमुख हुन पनि लागू हुने वा वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको प्रवक्ता डा. ढकालले बताए ।
रास्वपाले प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ । पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।
यसअघि प्रदेश समितिका सदस्य, प्रमुख पदाधिकारी हुने कुरा जटिलता भएकाले पछिल्लो निर्णय लागु गर्ने जान्नेलाई छान्ने नीति लिएको नेता ढकालले जानकारी दिए ।
बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ ।
बैठकले पार्टीका दस्ताबेज निर्माणमा संलग्न १७ जना गाउँ जाने र १५ दिनका लागि गाउँ जाँदा लाग्ने खर्च पार्टीले बेहोर्ने निर्णय गरेको छ ।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया