गिरिराजमणि पोखरेलले भने- पार्टीभित्रै क्यूवा र चीनमा जस्तै भष्टाचारविरोधी अभियान चलाऔं

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले क्यूवा र चीनमा जस्तै नेपालमा पनि भष्टाचारविरोधी अभियान चलाउनु पर्ने र त्यस्तो अभियान पार्टीभित्रै पनि चलाउनु पर्ने बताएका छन् । माओवादी केन्द्रको चार दिन देखि जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार आफनो धारणा राख्दै उपमहासचिव पोखरेलले आज प्रचण्डको नेतृत्व र नारायणकाजी श्रेष्ठको सक्रियतामा भ्रष्टाचार विरोधी आशाबर्दक अभियान चलेको बताएका हुन् ।
‘क्युवामा क्रान्तिमा फिडेल क्यास्ट्रोले भष्टाचार मा संलग्न आफ्नो आफ्नो ५ जना कमाण्डरलाई मृत्यूदण्ड दिएका थिए । चीनमा पनि त्यही प्रकारको दण्ड दिने गरेको छ । यो अभियान पार्टी भित्र हामीले पनि चलाउनु पर्छ,’ पोखरेलले भने ।
उनले चिनियाँ उखानलाई उधदृत गदैंं फोहोर र भर्याङ्ग माथिबाट तल बढार्नुपर्ने बताए ।
‘मैले पार्टी एकताको बखतमा नै भनेको थिए क प्रकाश सहितको प्रचण्डको नेतृत्वले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान हुन्छ ।आज प्रचण्डको नेतृत्व र नारायणकाजीको सक्रियतामा चलेको भ्रष्टाचार विरोधी आशाबर्दक अभियानले त्यही कुरा प्रमाणित भएको छ,’ पोखरेलले भने,-‘भष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममता पर्वक अगाडि बढाउनु पर्छ, “एउटा चिनियाँ उखान छ फोहोर र भर्याङ्ग माथिबाट तल बढार्नुपर्छ । सरकारले भ्रष्टाचार विरुद्ध माथिबाट गरेको काम ठीक छ यसलाई मनन गरौं । शक्तिमा हुन आफै प्रति निर्मम हुनु पर्छ । क्रान्तिको निशाना आफैलाई बनाऊ भन्ने माओको भनाई स्मरणीय छ।’
उनले पूँजीवादी पाटीले समाजवादी क्रान्ति गर्न नसक्ने भन्दै कृषिमा आत्म निर्भरताको अभियान चलाउनु पर्ने बताए ।
राजनीतिक पार्टी, विज्ञ र गैरआवसिय नेपालीहरुको प्रतिनिधित्व हुने गरी विकास प्रधिकरण गठन गर्ने र विकास समृद्धिमा गैरआवसिय हरुलाई पनि समावेश गराउनुपर्ने पनि पोखरेलले बताए ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया