अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने चलचित्र बनाउनुपर्छः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिएकी छन् ।
पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य बसुन्धारा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्रहरु बिदेशी चलचित्रहरुसित प्रतिष्पर्धा गर्नसक्ने बनाउने आवश्यक रहेको बताइन् ।
यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताइन् । हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यही जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासहरुबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गरिन् ।
चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरुको सम्मानमा सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताइन् । हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको पनि उनले जानकारी दिइन् । चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
उनले समाजका हरेक क्षेत्रमा योगदानहरुको उचित सम्मान हुनुपर्ने बताइन् । ‘सबै मानिस सबै क्षेत्रमा लाग्न सक्दैनन् तर जो जुन क्षेत्रमा लागेको छ, उसले निष्ठापूर्वक काम गरेको छ कि छैन भनेर समाजले मूल्यांकन गर्नुपर्छ,’ शर्माले भनिन् ‘हरेक क्षेत्रमा लागेर समाजका लागि योगदान गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेहरुको बिचमा समाजले नै भिन्नता छुट्याउनुपर्छ, त्यही नै ठूलो सम्मान हो ।’
राजनीतिक, कर्मचारी वा अन्य कुनै पनि क्षेत्रमा केही मानिसले गर्ने कमजोरीलाई मूलधार बनाउने र राम्रो काम गर्नेहरुको चर्चा नहुने परिपाटी समाजका कायम रहेको उल्लेख गर्दै उनले यसलाई सच्याएर हरेक क्षेत्रमा राम्रो काम गर्नेहरुलाई सतहमा र नराम्रो काम गर्नेहरुलाई किनारामा राख्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिइन् ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया