संसदको अवरोध खुलाउन पहल गर्ने माओवादीको निर्णय
मेरोन्यूज
२०८० साउन २२ गते १०:५१

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकले केही समयदेखि अवरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारू गर्न ठोस छलफल गर्ने निर्णय भएको जानकारी दिए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अबरूद्ध गर्दै आइरहेको छ ।
त्यस्तै बैठकमा संघीय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र प्रहरी विधेयक अगाडि बढाउनुपर्ने, संसदका समिति सभापति चयन गर्ने लगायत समसामयिक विषयमा छलफल भएको थियो ।
सम्बन्धित

















अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
मुख्य याममा सौराहामा घटे पर्यटक
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया