उपेन्द्रलाई प्रचण्डको ढाडस, ‘गौर काण्ड’को फाइल तत्काल नखोलिने
जसपाले भोलि पत्रकार सम्मेलन गर्ने, सत्ता गठबन्धनमा कुनै खट्पट अहिले नहुने

काठमाडौं । १७ वर्ष अगाडी रौतहटको गौरमा भएको निशंस हत्याकान्ड छानविन गर्ने पीडितपक्षसँग सरकारले गरेको सहमतिपछि शसंकित भएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढाडस दिएका छन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डसँग उपेन्द्रले सरकारलेगौर हत्याकान्डका पीडित परिवारसँग गरेको सहमतिका बारेमा चासो राखेका थिए । उनले यस प्रकरणमा आफुलाई फसाउन खोजिए आफनो पार्टीलाई सैहय नहुने र त्यस्तो हो भने आफुहरु सरकारबाट समेत बाहिरिने बताएपछि प्रचण्डले उपेन्द्रलाई त्यस्तो नहुने भन्दै ढाडस दिएका हुन् ।
यसबारेमा जनता समाजवादी पार्टीले बुधबार र आज पनि कतिपय राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । यसप्रकरणबारे जनता समाजवादी पार्टी (जसपा)ले भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘पार्टीका तर्फबाट यो प्रकरणका बारेमा शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेका छौं,’ जसपाका एक नेताले मेरोन्यूजसँग भने । प्रधानमन्त्रीले अध्यक्ष यादवलाई यो मुद्दा अगाडी नबढने बारेमा प्रष्टाईसकेको र त्यसमा प्रचण्ड र उपेन्द्रका बीचमा कुराकानी भईसकेको पनि ती नेताले बताए ।
आन्दोलनरत पक्षसँग सहमति भएपनि तत्काल छानबिन अगाडि नबढ्ने प्रधानमन्त्रीले उपेन्द्य्रसँगको छलफलमा भनेका थिए ।
‘प्रधानमन्त्रीज्यूले हाम्रो पार्टी अध्यक्षसँग यो कुनै पनि कार्यक्रम अगाडि बढ्दैन भन्नुभाछ,’ ति नेताले उपेन्द्रको भनाई उदधृत गदैं भने,–‘सरकारलाई दिइएको समर्थन तत्काल जसपाले फिर्ता लिँदैन । गठबन्धन यही रहन्छ । कुनै समसया अव छैन ।’
तत्कालिन अवस्थामा माओवादीमा रहेका र हाल आम जनता पार्टी खोलेका प्रभु शाहको कारण समस्या आएको र उनले नै अहिले पीडित परिवारलाई उचालेको जनता समाजवादीको निश्कर्ष छ ।
पीडित पक्ष आन्दोलनमा बसेपछि सरकारले सम्झौता गर्नुपर्ने बाध्यातमक अवस्थामा त्यस्तो सहमति भएपनि यो विषयमा तत्काल सरकारले केही कदम नचाल्ने प्रधानमन्त्रीले उपेन्द्र यादवलाई विस्वस्त बनाएको जसपाका ती नेताको भनाई छ ।

















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया