दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर

काठमाडौँ । दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ दायर गरेका पाँच मुद्दामा दोषी ठहर गरेको हो ।
रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते पाँचवटा मुद्दा चलाएको थियो। ती सबै मुद्दामा उनी दोषी ठहर भएको फैसला विशेष अदालतले सुनाएको हो।
रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोक्दै त्यति नै रकम बिगो असुलउपर गर्न पनि फैसला भएको छ।
अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गर्ने फैसला पनि इजलासले गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले चार लाख रुपैयाँ घुस लिएका थिए।
अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा सजायको त्रास देखाएर ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो। यो मुद्दामा अदालतले ३५।३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने र तीन महिना कैद सजाय हुने फैसला भएको छ।
दोलखामै हुँदाको तेस्रो मुद्दामा उनले ९०।९० हजार रुपैयाँ बिगो र जरिवाना तथा ५ महिना कैद चौथो मुद्दामा ४०।४० हजार रुपैयाँ बिगो र जरिवाना तथा एक महिना कैद भोग्नुपर्ने फैसला भएको छ।
भ्रष्टाचारको पाँचौँ मुद्दामा पाँच महिना कैद र ७७ हजार ६ सय जरिवाना तथा त्यति नै बिगो तिर्नु पर्ने भएको छ ।
घुससहित पक्राउ परेका रिजालविरुद्ध अख्तियारले माघ २०, २०७६ मा ६ लाख ५२ हजार ६ सय कायम गरी पाँचवटा आरोप पत्र दायर गरिएको थियो।
सेवाग्राहीसँग घुस लिएको आरोप लागेका रिजाललाई २०७६ मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो।
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया