वृश्चिक राशिकाे आज सोचेको काम पूरा हुने, अरुकाे कस्ताे छ भाग्य ?

काठमाडाैं । आज भदाै ८ गते शुक्रबार । साउन शुक्ल नवमी । पञ्चाङ्ग : वैधृति बालव अनुराधा । अगस्ट २५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- स्वास्थ्य बिग्रन सक्छ। घरपरिवारमा आकस्मिक घटना घट्ने सम्भावना छ । केही दुःखद समाचार प्राप्त हुनेछ । व्यापारमा घाटा बेहोर्नु पर्नेछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोला ।
वृष- आजको दिन तपाईको लागि राम्रो रहनेछ । केहि नयाँ काम सुरु गर्न सक्नुहुनेछ। व्यापार व्यावसायमा लाभको हुनेछ । इष्टमित्र तथा आफन्तको पूर्ण सहयोग मिल्नेछ । परिवारका साथ घुमघाम आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।
मिथुन- सवारी साधनको चलाउँदा सावधानी अपनाउनुहोला । चिनजानका साथ वादविवाद बढ्न सक्छ। परिवारमा प्रियजनको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ ।
कर्कट- आज कुनै धार्मिक यात्रा हुनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायमा केहि नयाँ थालनी गर्न सकिनेछ । आज ठूलो सम्झौता वा साझेदारी पाउने सम्भावना छ। परिवारमा प्रियजनको सहयोग मिल्नेछ।
सिंह- विशेष व्यक्तिसँग भेटघाट हुनाले व्यवसायमा लाभ मिल्नेछ। सहकर्मीबाट पनि राम्रो सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारसँग कतै घुम्न जान सकिनेछ।
कन्या- आजको दिन खुशीले भरिपूर्ण रहनेछ। कार्यक्षेत्रमा मिहिनेत गरिरहनुभएको छ भने आज सफलता मिल्नेछ । आज पदोन्नति पनि हुन सक्ने छ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारका सदस्यहरु माझ मान सम्मान बढ्नेछ ।
तुला- आज तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।
वृश्चिक- लामो समयदेखि सोचेको काम आज पूरा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ । व्यापारमा आर्थिक लाभ हुनेछ। नयाँ कार्य योजना बनाइनेछ। परिवारमा प्रियजनको साथ र सहयोग रहनेछ। श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।
धनु- आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कुनै षड्यन्त्रको शिकार हुन सकिनेछ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नयाँ कामको थालनी गर्न यो उपयुक्त समय हैन । घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला।
मकर- स्वास्थ्य लाभको अनुभूति हुनेछ। व्यापार–व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा आज कुनै ठूलो काम हात पार्न सकिनेछ । जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा माहौल राम्रो रहनेछ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ ।
कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। सोचेका काम सम्पन्न हुनेछन् ।मौसमको कारणले स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा ठूलो सफलता मिल्नेछ। तपाईंको रोकिएको काम फेरि सुरु हुन सक्छ। परिवारमा शुभ कार्य हुनेछ, मान सम्मान बढ्नेछ। सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला ।
मीन- आजको दिन तपाईको उतारचढावको दिन रहनेछ। पैसाको सम्बन्धमा साथीभाइसँग विवाद हुन सक्छ, जसका कारण आपसी मनमुटावको स्थिति सिर्जना हुनेछ। कार्यक्षेत्रमा घाटा हुन सक्छ । ठुलो प्रस्ताव तपाईको हातबाट खस्न सक्छ। परिवारका सदस्यहरूसँग केही विषयमा मतभेद बढ्न सक्छ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया