५.०९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौँ । नेप्से परिसूचक ५.०९ अंक बढेर १९९८.४८ विन्दुमा उक्लेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.४५, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।
नेप्से बढे पनि सोबार कारोबार रकम घटेको छ। आइतबार १ अर्ब २६ करोडको शेयर कारोबार भएको बजारमा आज २७९ स्टकको ३१ हजार ५९९ पटकको कारोबारमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ।
सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको शेयरमूल्य ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।
मर्जरपश्चात नेप्सेमा सूचीकृत भइ आजदेखि कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सोल्टी होटलको करिब ५ करोडको शेयर कारोबार भएको छ।
सोमबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया