शुक्रबार, मंसिर १९, २०८२

आज कस्तो छ तपाईंको भाग्य ? थाहा पाउनुहोस् राशिफल

मेरोन्यूज २०८० भदौ १२ गते ६:५८

काठमाडाैं । आज भदाै १२ गते मंगलबार । साउन शुक्ल त्रयोदशी । पञ्चाङ्ग : सौभाग्य तैतल श्रवण , विश्व आणविक परिक्षण विरुद्धको दिवस । अगस्ट २९ तारिख २०२३ ।  

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष- आज कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ। परिवारमा सबैको सहयोग मिल्नेछ, मान सम्मान बढ्नेछ। धार्मिक कार्य सम्पन्न हुनेछन् ।

वृष- स्वास्थ्य बिग्रन सक्छ। कामको चापबाट आफ्नो लागि केही समय निकाल्नुहोला। आज कुनै ठूलो लेनदेन नगर्नुहोला । बहसबाट टाढा रहनु उत्तम हाेला। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।

मिथुन- आज लामो यात्रामा जान सकिनेछ । स्वास्थ्यमा उतारचढाव रहनेछ । यात्रामा रहँदा सावधानी अपनाउनुहोला । आज कसैलाई ठूलो रकम ऋण नदिनुहोला ।

कर्कट- व्यापारमा केहि ठूलो काम सुरु गर्न सकिने छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ । अदालतमा केहि मुद्दा चलिरहेकाे भए सफलता मिल्नेछ । परिवारमा शुभ कार्य हुनेछ।

सिंह- आजको दिन तपाईका लागि शुभ रहनेछ। परिवार र समाजमा मान सम्मान बढ्नेछ। व्यापारमा आज कुनै ठूलो निर्णय लिन सकिनेछ। प्रतिद्वन्द्वीसँग सजग रहनुहोला ।

कन्या- मन चंचल रहनेछ। व्यवसायमा सहयोगी साझेदारबाट धोका हुन सक्छ। आज व्यापारमा कुनै ठूलो लेनदेन नगर्नुहोला । यात्रामा जाँदा सावधानी अपनाउनुहाेला ।

तुला- आज तपाईको मन प्रसन्न रहनेछ। परिवारमा शुभ कार्य हुनेछ । व्यापारमा रोकिएका पुराना काम आज पूरा हुनेछन्।

वृश्चिक- तपाईको दिन उतार चढावले भरिपूर्ण रहनेछ। बहसबाट टाढै रहनु होला । आज कुनै नयाँ कामको थालनी नगर्नुहोला। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । तपाईको मन अशान्त रहनेछ।

धनु- आज कुनै वादविवादमा नपर्नुहोला। प्रियजनको स्वास्थ्य बिग्रन सक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहाेला। आज तपाईको केहि काम विशेष बन्न सक्छ।

मकर- यस दिन कुनै लामो यात्रामा नजानुहोला। व्यापार–व्यवसायमा आर्थिक अवस्था बिग्रन सक्छ । तपाईको केहि विशेष काम रोकिन सक्छ। परिवारमा आपसी मनमुटाव आउन सक्छ।

कुम्भ- आजको दिन तपाईको लागि राम्रो रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। साझेदारीमा कुनै ठूलो व्यवसाय सुरु गर्न आजकाे समय उत्तम हुनेछ। परिवारमा प्रियजनबाट सम्मान मिल्नेछ। कुनै विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ।

मीन- आज शुभ समाचार सुन्न पाइनेछ । व्यापारमा लाभ मिल्नेछ । मन प्रशन्न रहनेछ । पत्नीसँगको मनमुटाव समाप्त हुनेछ।

प्रतिक्रिया