छाउनी अस्पतालमा भर्ना भएका उपप्रधानमन्त्री भेटन पुगे प्रधानमन्त्री

काठमाडौँ । बुधबार देखि अस्पताल भर्ना भएका उपप्रधान एवम रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।
सुर्खेतमा भएको समाजवादी मोर्चाको कार्यक्रम सकेर काठमाडौं फर्केका प्रधानमन्त्री प्रचण्डले अहिले साँझ काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री माननीय पुर्ण बहादुर खड्कालाई भेटी उनको स्वासथ्य अवस्था बुझने काम गरेका छन् । साथमा प्रधानमन्त्री प्रचण्डले उनको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
प्रोस्टेटको अपरेशनका लागि उपप्रधानमन्त्री खड्का बुधबार छाउनीस्थित सैनिक अस्पताल भर्ना भएका थिए । उपप्रधानमन्त्री खड्काको बुधबार राती नै अपरेसन गरिएको थियो ।
खड्काको स्वास्थ्इ अवस्था सामान्य रहेको भेटपछि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सुझाएका छन्।









प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया