छाउनी अस्पतालमा भर्ना भएका उपप्रधानमन्त्री भेटन पुगे प्रधानमन्त्री

काठमाडौँ । बुधबार देखि अस्पताल भर्ना भएका उपप्रधान एवम रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।
सुर्खेतमा भएको समाजवादी मोर्चाको कार्यक्रम सकेर काठमाडौं फर्केका प्रधानमन्त्री प्रचण्डले अहिले साँझ काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री माननीय पुर्ण बहादुर खड्कालाई भेटी उनको स्वासथ्य अवस्था बुझने काम गरेका छन् । साथमा प्रधानमन्त्री प्रचण्डले उनको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
प्रोस्टेटको अपरेशनका लागि उपप्रधानमन्त्री खड्का बुधबार छाउनीस्थित सैनिक अस्पताल भर्ना भएका थिए । उपप्रधानमन्त्री खड्काको बुधबार राती नै अपरेसन गरिएको थियो ।
खड्काको स्वास्थ्इ अवस्था सामान्य रहेको भेटपछि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सुझाएका छन्।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया