बाल अस्पतालको हविगत
इमर्जेन्सीमा पालो कुर्दैमा गयो बालिकाको ज्यान
अस्पताल प्रशासन भन्छ- नियम सुधार्न निर्देशन गरिसकेका छौं

काठमाडौं । देशकै प्रमुख बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालको इमर्जेन्सीमै उपचार नपाएर एक बालिकाको मृत्यु भएको छ ।
मकवानपुर थाहा नगरपालिका-१० घर भई हाल काठमाडौं बाफलमा बस्दैं आएकी पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको हो ।
अस्पतालको बहिरंग सेवा दिनमा तीन घन्टा मात्रै खुल्दा इमर्जेन्सीमा विरामीहरुको भीड बढेकोले विरामीहरुले उपचार समयमै नपाउादा ती बालिकाको मृत्यु भएको हो । सामान्यता अस्पताल लगिएका विरामी उपचार नपाएर मदैनन भन्ने नेपाली उखान छ । तर ती बालिकाले भने उपचारको पालो कुर्दैमा दुई घण्टा विताउादा समेत पालो नपाएपछि जीवन गुमाउन परेकी थिइन् ।
उच्च ज्वरोले थलिएकी रेजिशालाई सोमबार अपरान्ह ५ बजे उनका आमा र हजुरबुवाले कान्तिको इमर्जेन्सीमा पुर्याएका थिए । तर, १ बजेदेखि नै ओपीडी सेवा टिकट बन्दका कारण सबै बिरामी इमर्जेन्सीमै ओइरिएका थिए ।
त्यही कारण इमर्जेन्सी लाइनमा पुगेकी सिकिस्त बिरामी रेजिशाले समयमा इमर्जेन्सीमा उपचार पाउनुको साटो लाइनमा पालो कुर्दाकुदै ज्यान गुमाएकी हुन् ।
अस्पतालका निर्देशक डा. पंकज रायले उपचारमा ढिलाइ भएकै कारण बालिकाले ज्यान गुमाएको स्वीकार गरेका छन् । ‘इमर्जेन्सीको लाइनमा जस्तो बिरामी पनि बस्नुपर्ने अवस्था छ । कोही सामान्य र कोही साँच्चै इमर्जेन्सी नै हुन्छन् । छुट्याउन गाह्रो अवस्था छ । त्यही भएर ती बालिकाको मृत्यु पालो कुर्दा हुन पुग्यो’ रायले भने, ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ ।’
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया