बाल अस्पतालको हविगत
इमर्जेन्सीमा पालो कुर्दैमा गयो बालिकाको ज्यान
अस्पताल प्रशासन भन्छ- नियम सुधार्न निर्देशन गरिसकेका छौं

काठमाडौं । देशकै प्रमुख बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालको इमर्जेन्सीमै उपचार नपाएर एक बालिकाको मृत्यु भएको छ ।
मकवानपुर थाहा नगरपालिका-१० घर भई हाल काठमाडौं बाफलमा बस्दैं आएकी पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको हो ।
अस्पतालको बहिरंग सेवा दिनमा तीन घन्टा मात्रै खुल्दा इमर्जेन्सीमा विरामीहरुको भीड बढेकोले विरामीहरुले उपचार समयमै नपाउादा ती बालिकाको मृत्यु भएको हो । सामान्यता अस्पताल लगिएका विरामी उपचार नपाएर मदैनन भन्ने नेपाली उखान छ । तर ती बालिकाले भने उपचारको पालो कुर्दैमा दुई घण्टा विताउादा समेत पालो नपाएपछि जीवन गुमाउन परेकी थिइन् ।
उच्च ज्वरोले थलिएकी रेजिशालाई सोमबार अपरान्ह ५ बजे उनका आमा र हजुरबुवाले कान्तिको इमर्जेन्सीमा पुर्याएका थिए । तर, १ बजेदेखि नै ओपीडी सेवा टिकट बन्दका कारण सबै बिरामी इमर्जेन्सीमै ओइरिएका थिए ।
त्यही कारण इमर्जेन्सी लाइनमा पुगेकी सिकिस्त बिरामी रेजिशाले समयमा इमर्जेन्सीमा उपचार पाउनुको साटो लाइनमा पालो कुर्दाकुदै ज्यान गुमाएकी हुन् ।
अस्पतालका निर्देशक डा. पंकज रायले उपचारमा ढिलाइ भएकै कारण बालिकाले ज्यान गुमाएको स्वीकार गरेका छन् । ‘इमर्जेन्सीको लाइनमा जस्तो बिरामी पनि बस्नुपर्ने अवस्था छ । कोही सामान्य र कोही साँच्चै इमर्जेन्सी नै हुन्छन् । छुट्याउन गाह्रो अवस्था छ । त्यही भएर ती बालिकाको मृत्यु पालो कुर्दा हुन पुग्यो’ रायले भने, ‘अब इमर्जेन्सीमा आएर गाह्रो भएका बिरामीले पालो कुर्नुपर्दैन, हामीले मंगलबारदेखि नै नियम सुधारेका छौँ ।’
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया