लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजन मुक्ततार ईकोवायर-ZH सार्वजनिक

काठमाडौं । लिट्मस केबल्सले एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर–ZH (Ecowire -ZH) सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ ।
ह्यालोजनमुक्त (Ecowire -ZH) नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्चकोटीको सुरक्षाको अनुमति दिने कम्पनीले बताएको छ ।
आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमाहल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुने कम्पनीको भनाई छ ।
नवीनतम प्रविधियुक्त (Ecowire -ZH) ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने बताइएको छ ।
ईकोवायर–ZH सार्वजनिक गरेको उक्त कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङ्गमा आवद्ध टेक्निसियनहरु, परामर्शदाताहरू,ग्राहकवर्गहरु तथा मिडियाका प्रतिनिधिहरू उपस्थित थिए । यस कार्यक्रममा यस नविनतम प्रविधिमा आफ्नो विश्वास र उत्साहप्रकट गर्दै लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले जनाए ।
लिट्मस “ईकोवायर–ZH नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँनयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने उनले बताए ।
लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर–ZH को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षाप्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए । यसको कमधुवाँर उत्सर्जन–मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण–मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया