पूर्वसांसद श्रेष्ठबारे भ्रम फैलाउने रेग्मी पक्राउ
मेरोन्यूज
२०८० भदौ २८ गते १८:२७

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले स्याङ्जा आँधीखोला गाउँपालिका–५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मीलाई पक्राउ गरेको छ ।
रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए । आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध)अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी बिकले जानकारी दिए ।
सम्बन्धित
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया