बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी

बेइजिङ । बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् ।
बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।
मङ्गलबारदेखि बिहीबारसम्म आपत्कालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ ।
बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोमेन्ट ब्यूरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ ।
ब्यूरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमान अनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ ।
















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
शैक्षिकसत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना लिन सर्वाेच्चको आदेश
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया