डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको छन् ।
आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरुकाे घटना स्थलमै भएकाे हाे ।
यस्तै घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेका छन् । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुकाे डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले जीप चालक बाजुरा गौमुल गाउँपालिका–४ का २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएकाे छ ।
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया