‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा जयन जे वाइवाको शब्दरचना तथा संगीत छ ।
गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् । दयाहाङ राईलगायत कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ ।
निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ । चलचित्रमा सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारको अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया