रोटरी क्लव ज्ञानेश्वरले दियो मैनबत्ती सम्वन्धी तालिम

काठमाडौं । रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन ।
सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् ।
युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण दिँदैं आएको थियो ।
कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गरेकी थिइन् । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाई छ ।
मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताइन् । सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराई र पूर्वअध्यक्ष रश्मिला श्रेष्ठको पनि सहभागिता थियो ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया