शनिबार, माघ २४, २०८२

छुङछेङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा एमालेको रात्रीभोज

मेरोन्यूज २०८० कार्तिक २५ गते २०:१०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको ११ सदस्यीय प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोज आयोजना गरेको छ ।

गौशालास्थित द्वारिका होटलमा एमालेले रात्रीभोज आयोजना गरेको हो ।

रात्री भोजमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपमहाचिव विष्णु रिमाल तथा अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरु सहभागी रहेको स्रोतले जानकारी दियो ।

रात्री भोजमा समसामयिक राजनीति, नेपाल र चीनबीचकाे द्विपक्षीय सम्बन्धलगायत विषयमा कुराकानी भइरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया