सर्वोच्चले तिहारमा बन्दीको मुद्दा सुनुवाइ गर्न तोक्यो न्यायाधीश

काठमाडौं । तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिन निर्णय गर्दै फुलकोर्टबाट मुद्दा हेर्नका लागि न्यायाधीश तोकेको छ।
बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामासमेत खुला रहने भएको हो।
सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबारदेखि बिहीबारसम्म न्यायाधीशहरुलाई जिम्मेवारी तोकिएको छ।
सर्वोच्च अदालतले कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकेको छ।
कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ। सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ।
बन्दी प्रत्यक्षीकरण लगायतका रिट दर्ता गर्नका लागि भने कर्मचारीहरु बिहान १० बजे नै अदालतमा उपस्थित हुनेछन्।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया