कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली सङ्घ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो ।
महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गरेका थिए । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए । कार्यक्रमका सभापति लेख कार्कीले विभिन्न देशमा कुटनीतिक जिम्मेवारी सम्हाल्दै कवि क्षेत्रीले नेपाली भाषा साहित्यमा योगदान दिएको उल्लेख गरे ।
गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष भट्टले साहित्यकार क्षेत्रीको एकल वाचन कार्यक्रमबाट नेपाली भाषा साहित्यमा टेवा पुगेको बताए । सो अवसरमा कवि क्षेत्रीलाई सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया