सेयर बजारमा झिनो अंककाे वृद्धि, कारोबार रकम १ अर्बमाथी
मेरोन्यूज
२०८० मंसिर ४ गते १५:२५

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १,८५३ दशमलव ४८ को विन्दुमा कायम भएको हो।
सोमबार ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम, उत्पादनमुलक एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र अन्य उपसूचक घटेका छन् ।
सोमबार १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया