एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरू

काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एकचालिसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० बुधबारदेखि सुरू भएको छ ।
प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले नेपाल प्रहरीमा हुने आन्तरिक खेलकुद प्रतियोगिता स्तरीय खेलाडी उत्पादनको आधारका रूपमा रहेकाले प्रतियोगिताको सम्भाव्यता खोजी गरी सञ्चालनको लागि प्रयास गरिने प्रतिवद्धता व्यक्त गरे । साथै प्रतियोगितामा सहभागी टिमलाई खेल अवधिभर उच्च अनुशासनमा रही आफ्नो खेल कौशल प्रदर्शन गर्न समेत उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक रूकेश तण्डुकारले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । आजै भएको पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टिमले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पाँचका विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो खेलमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकासाथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया