केपी ओली कप क्रिकेट
बागमती समूहविजेता बन्दै सेमिफाइनलमा, सन्दीपले लिए ४ विकेट

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश सेमिफाइनलमा पुगेको छ ।
कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
मूलपानी मैदानमा टस जिती पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रनको योगफल तयार गरेको थियो ।
पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो ।
बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे ।
बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७।३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।
कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कपतान रविन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १–१ विकेट लिए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया