नेपाल वेयरहाउजिङ्गको आइपीओ बाँडफाँड

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले विक्री गरेको आइपीओ हिजो बिहीवार मंसिर ७ गते बाँडफाँड गरेको हो । यसमा गोलाप्रथामार्फत १३ हजार ७५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।
कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरेको थियो ।
कम्पनीले दोस्रो चरणमा मंसिर १० गते अर्थात आइतबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दैछ । कम्पनीले २७ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्नेछ ।
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया