आइतबार, चैत २९, २०८२

आज सुनको भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० मंसिर १० गते १२:११

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया