लायन्स क्लबको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन्।
आज यहाँ आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उनले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पु¥याएको सहयोगको प्रशंसा गरे ।
प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याणमा लाग्नुभएका सम्पूर्ण पदाधिकारीलाई थप प्रेरणा मिलोस् भनी शुभकामना दिए । प्रदेश सरकारका बिना विभागीयमन्त्री कमलप्रसाद जवेगुले क्लब सेवाको आवश्यकता भएका नागरिकलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामग्रीलगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताए ।
क्लबका अध्यक्ष टीका सिवाकोटी, पूर्वमन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मालगायतले क्लबले समाजले भूकम्पपीडित, शीतलहरबाट नागरिकलाई जोगाउन, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गरिएको सहयोगलगायतका विषयमा चर्चा गरे ।
सो अवसरमा लायन्स युनाइटेडका नवपदाधिकारी एवं पूर्वगर्भनरलाई सम्मान गरिएको थियो ।
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
प्रतिक्रिया