ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फुड’मा आकर्षक छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउन भएका हुन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट ‘सी फुड’ का संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकका ग्राहकले ‘सी फुड’ का खाद्य सामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया