जिरोनासँग हार्यो बार्सिलोना

काठमाडौं । बार्सिलोना जिरोनासँग पराजित भएको छ । बार्सिलोनालाई पहिलो पटक हराउँदै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।
आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो ।
बार्सिलोनालाई उसले लाई ४(२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अर्टेम ढोभबिकले १२ औं मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।
रोबर्टो लेवान्डोस्कीले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर मिगुएल गुटिरेजले ४०औं मिनेटमा गोल गरेपछि जिरोनाले पहिलो हाफमै २(१ को अग्रता बनायो ।
भालेरी पर्नान्डेजले ८०औं मिनेटमा गोल गर्दै जिरोनालाई ३(१ को अग्रता दिलाए । इन्जुरी टाइमको दोस्रो मिनेटमा बार्सिलोनाका इल्के गुन्डागोवनले गोल गर्दै गोलअन्तर घटाएका थिए । तर इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रिस्टियन स्तुअनीले गोल गरेपछि जिरोनाले बार्सिलोनामाथि ४ २ को जित निकालेको हो ।
जिरोनाको यस सिजनको प्रदर्शनलाई धेरैले आश्चर्यजनक रुपमा लिएका थिए । तर बार्सिलोनालाई पराजित गरेपछि जिरोनाले आफ्नो क्षमता देखाउँदै अंक तालिकामा किन माथि छ भने समेत प्रमाणित गरेको छ ।
जितपछि १६ खेलबाट ४१ अंक जोडेर जिरोना शीर्ष स्थानमा उक्लेको छ । जिरोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि दुई अंकको अग्रता बनाएको छ । यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथोमा झरेको बार्सिलोनामाथि समान ७ अंकको अग्रता बनाएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया