त्रिपुरा क्रिकेट क्लब सेमिफाइनलमा

बैतडी । त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाए । जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए ।
चार विकेट लिएका त्रिपुराका जयसिंह धामी म्यान अफ दी म्याच घोषित भए । उनलाई सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पुरस्कार प्रदान गरे । उनले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १६ गतेदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुस ४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई रु ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया