सोमबार, चैत २३, २०८२

सातौँ दक्षिण एसियालीमा पदक जित्ने खेलाडी सम्मानित

मेरोन्यूज २०८० मंसिर ३० गते २१:११

भरतपुर । सातौँ दक्षिण एसियाली करातेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् । नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि सङ्घले नगदसहित सम्मान गरेको छ ।

सङ्घले आज एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही रु १०–१० हजार र सम्मानपत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई रु पाँच हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

पार्वतीले २१ वर्षमुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी थिइन् । यस्तै निक्षाले २१ वर्षमुनि ४० केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । राष्ट्रका लागि पदक जितेका खेलाडीलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको सङ्घका अध्यक्ष कार्कीको भनाइ छ ।

सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उपप्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते सङ्घ चितवनका अध्यक्ष चित्रबहादुर राना, सङ्घ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया