नेपाल सुपर लिग : धनगढी र काठमाडौं बराबरीमा रोकिए

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल ग¥यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो ।
यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया