सेयर बजारमा ३५ अंककाे वृद्धि, ७ अर्बकाे कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । आज नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेर २,१४१ दशलमव ८७ को विन्दुमा कायम भएको छ ।
मंगलबार ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार पनि २१ सय विन्दु कायमै राखेको हो ।
बुधबार होटल्स एण्ड टुरिजम र निर्जीवन बीमा उपसूचक बोहक सबै बढेका छन् । आज १६१ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३०६ वटा कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्बमाथिको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटल्सको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया