नेपाल सुपर लिग : झापाले धनगढीलाई हरायो

काठमाडौँ । राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।
दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड गरेर गोल गरेका थिए ।
त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया