स्कुलले चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न लगाए कारबाही हुने
मेरोन्यूज
२०८० पुष ६ गते १२:१५

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ।
शुक्रबार नगरभित्रका विद्यालयका नाममा सूचना निकालेर महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया