महिला क्रिकेटमा एपीएफ र कोशीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा कोशी प्रदेश र एपीएफ क्लबले आ-आफ्नो खेलमा जित निकालेका छन् ।
आइतबार सम्पन्न खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको हो । कोशीले दिएको १३० रनको लक्ष्य पछाएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर केवल ६९ रन बनाएपछि कोशी प्रदेश ६० रनले विजयी भयो ।
यसअघि पहिला ब्याटिङ गर्दै कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
यो कोशीको लगातार तेस्रो जित हो । यो जितपछि कोशी प्रदेशको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरि आइतबार नै सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गरेको छ । एपीएफले दिएको १५२ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र बनाएपछि एपीएफ ९० रनले विजयी भएको हो । यस अघि एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
यो एपीएफको लगातार तेस्रो जित हो । यो जितपछि एपीएफको ३ खेलमा ६ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
अब एपीएफले सोमबार कोशी प्रदेशको सामना गर्ने छ भने लुम्बिनी प्रदेशले कर्णालीसँग खेल्ने छ ।
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया